Connect with us
Kapilvast Forest

७ लाखबढि हिनामिना गरेको आरोपमा प्रअ र लेखापालविरुद्ध मुद्दा

२०७८, १४ मंसिर मंगलवारमा प्रकाशित

aktiaara

कपिलवस्तु-

कपिलवस्तुको यशोधरा गाउँपालिका–५ स्थित अनिरुद्र पब्लिक माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक देवेन्द्रमणि त्रिपाठी र लेखापालरकार्यालय सहायक असर्फी यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

विद्यालयको रकम हिनामिना गरेको आरोपमा उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

 

आर्थिक वर्ष २०७४र७५ मा विज्ञान प्रयोगशालाको लागि विद्यालयमा प्राप्त रकमबाट कुनै काम नगरी फर्जी बिल बनाई हिनामिना गरेको भनी अख्तियारमा उजुरी परेको थियो ।

 

अनुसन्धानमा उनीहरुले खर्चको आवश्यकता तथा कानूनी प्रावधानलाई नजरअन्दाज गरी विद्यालय कोषको ७ लाख ८२ हजार रुपैयाँ हिनामिना गरेको पुष्टि भएको अख्तियारले जनाएको छ । अख्तियारले सोही रकमबराबर बिगो र कैद सजाय मागदाबी गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu