Connect with us
Kapilvast Forest

त्रिविका करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिने

२०७८, १४ मंसिर मंगलवारमा प्रकाशित

काठमाडौं-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका करार शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिने बताउनु भएको छ । त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘करार शिक्षकहरुको लागि आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिनेछ’, उहाँले भन्नु भयो , ‘प्रतिस्पर्धामा सफल हुन नसक्नेहरुको लागि राहतको व्यवस्था गरी अवकाश दिने प्रक्रिया मिलाउँछु ।’

विश्वविद्यालयको सहकुलपति समेत रहेका मन्त्री पौडेलले गुणस्तरीय शिक्षाका स्थापित मान्यतालाई आत्मसाथ गर्दै विश्वविद्यालयमा कार्यरत आंशिक तथा अन्य शिक्षक तथा कर्मचारीहरुको सेवाका शर्त र निवृतिभरणको सुविधाको सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गरे ।
शैक्षिक वर्ष नबिथोलिने गरी विश्वविद्यालयले कार्य योजना बनाएर अगाडी बढन मन्त्री पौडेलले निर्देशन दिनु भयो । उहाँले त्रिभुवन विश्वविद्यालयले वर्षै पिच्छे बढ्दै गएको बेरुजु कम गर्दै गत एक वर्षमा ६ अर्बभन्दा बढी बेरुजु सम्परीक्षण गरेको भन्दै प्रशासनिक तथा सुशासनको मामलामा खरो उत्रेको बताउनु भयो ।

वर्तमान युग सुहाउँदो जनशक्ति उत्पादन गर्न र विश्वविद्यालयलाई अझ प्रतिस्पर्धी बनाउन कार्यरत कर्मचारी एवम् प्राध्यापकहरूलाई निरन्तर सेवाकालीन तालिम दिएर क्षमता अभिवृद्धि गर्ने काममा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu