Connect with us
Kapilvast Forest

परमादेश सत्ता गठबन्धन र न्यायालयबीच राजनीतिक सेटिङ थियो भन्ने पुष्टि भयो : एमाले

२०७८, १४ मंसिर मंगलवारमा प्रकाशित

pardip-gyawali.jpg

चितवन – नेकपा एमालेले असार २८ को सर्वोच्च अदालतको फैसला सत्ता गठबन्धनका नेताहरू र न्यायाधीशहरूको सेटिङमा भएको थियो भन्ने पछिल्ला घटनाक्रमले पुष्टि गरेको बताएको छ ।

 

१०औं राष्ट्रिय महाधिवेशनबाट पारित प्रस्ताव बन्दसत्रमा पेस गर्दै एमालेका प्रवक्ता तथा नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा देखिएको पछिल्लो घटनाक्रम असार २८ को फैसलाको बाइप्रडक्ट भएको बताउनु भयो ।

एमालेको प्रस्तावमा भनिएको छ, ‘असार २८ को परमादेश सत्ता गठबन्धनका नेताहरुको स्वार्थका लागि न्यायालय र राजनीतिक पक्षका बीच भएका सेटिङको परिणाम र राजनीतिक उद्देश्यले निर्देशित फैसला थियो भन्ने पछिल्ला घटनाक्रमले पुष्टि गरेका छन् ।’

एमालेले सर्वोच्च अदालतमा देखिएका बेथितिप्रति खेद व्यक्त गर्दै निश्चित स्वार्थ समूहको स्वार्थपूर्तिका लागि न्यायलाई वञ्चित गर्ने क्रियाकलापको भर्त्सनासमेत गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu