Connect with us
Kapilvast Forest

आजदेखि राप्रपाको एकता महाधिवेशन शुरू हुँदै

२०७८, १५ मंसिर बुधबारमा प्रकाशित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजदेखि सुरु हुँदै छ। पर्सिसम्म काठमाडौंको भृकुटीमण्डप हुने महाधिवेशनको आज विहान ११ बजे उद्घाटन हुने छ।

फरक राजनीतिक विचार बोकेको पार्टी राप्रपा एकताको महाधिवेशनमा केन्द्रित बनेको हो। महाधिवेशनमा पुरानो र नयाँ पुस्ताको भिडन्त छ। राप्रपाका अध्यक्ष कमल थापाले अध्यक्षमा आफूलाई दोहोर्याउने इच्छामा हुनुन्छ भने उहाँलाई राजेन्द्र लिङ्देनले चुनौति दिन लाग्नु भएको छ ।

पटक–पटक विभाजन र एकता गर्दै आएका उनीहरुको दलले यसपटकको महाधिवेशनलाई एकताको महाधिवेशन भनेको छ। राप्रपा एकीकरणपछि तीन अध्यक्ष रहनु भएको छ । यो महाधिवेशनले एक अध्यक्ष चयन गर्नेछ। तीन वर्ष अध्यक्ष भएर पार्टीको नेतृत्व गरेका थापा र राप्रपाको नेतृत्व अब नयाँ पुस्ताले गर्नुपर्ने भन्दै लिङ्देन पक्ष चुनावी मैदानमा उत्रिनु भएको छ ।

दुई अध्यक्षबीच टक्कर भएपछि वरिष्ठ नेताहरू पनि दुई खेमामा खुलेरै लागेका छन। थापालाई लोकेन्द्रबहादुर चन्द, दीपक बोहरा लगायतको साथ छ भने लिङदेनलाई डाक्टर प्रकाशचन्द्र लोहनी, धवलशम्शेर राणा लगायतको साथ छ। तीन पटक अध्यक्ष भएका कमल थापालाई पुराना पुस्ताको साथ रहँदा लिङ्देन युवा पुस्तामा लोकप्रिय हुनुन्छ ।

राप्रपामा ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रबाट कम्तिमा नौ जना र सक्रियता सदस्य बढि भएको क्षेत्रमा थप दुई गरी देशभरबाट करिब ३ हजार प्रनिनिधि छन्।

संघीयता खारेजी, हिन्दु राज्य र राजतन्त्रको पक्षमा उभिँदै राप्रपाका दुई अध्यक्ष यहि एजेण्डा बोकेर अधिवेशनमा होमिएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu