Connect with us
Kapilvast Forest

कांग्रेसको लुम्बिनी सभापतिमा भरतकुमार शाहले उम्मेदवारी दिने

२०७८, १५ मंसिर बुधबारमा प्रकाशित

 

काठमाडौं -नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभापति पदमा सांसदसमेत रहेका कांग्रेस नेता भरतकुमार शाहले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

-यही मंसिर १७ मा प्रदेश सभापतिका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने निर्वाचन कार्यतालिका छ ।

प्रतिनिधि सभा सांसद रहेका शाह सभापति शेरबहादुर देउवानिकट मानिनुहुन्छ । संघीय लेखा समितिका सभापति समेत रहनु भएका शाहले मंगलबार बुटवलमा आयोजित कार्यक्रममा यसपालि लुम्बिनी प्रदेश सभापति पदका लागि उम्मेदवारी दिने बताउनु भएको हो ।

कांग्रेसले यही मंसिर १८ मा सातै प्रदेशमा प्रदेश अधिवेशन गर्न लागेको छ ।

प्रदेश अधिवेशनमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले प्यानलसहित उम्मदेवारी दिने तयारी गरेका छन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu