Connect with us
Kapilvast Forest

परिवर्तनको गतिलाई रोक्ने काममा नलागौं :माधव नेपाल

२०७८, १५ मंसिर बुधबारमा प्रकाशित

 

काठमाडौं- सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न आग्रह गर्नु भको छ ।

अध्यक्ष नेपालले राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई उठाइ राख्न र नेपाली जनताको भावना बमोजिम परिवर्तनको संवाहक शक्तिको रुपमा अघि बढन पनि सुझाव दिनु भयो ।

 

राजसंस्था र हिन्दु धर्मको वकालत गर्दै आएको राप्रपाको बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनमा बोल्दै उनले नेपालमा जातीय सदभाव र राष्ट्रिय एकताको भावना रहेको औंल्याउँदै सोही अनुसार अघि बढेर मुलुकलाई प्रतिगमनतर्फ जान नदिन सबै राजनीतिक दलहरु एकतावद्ध भएर अघि बढनुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले इतिहास पछाडि नजाने भन्दै अग्रगमनको बाटोबाट अघि बढ्न पनि राप्रपाको नेतृत्वलाई सचेत गराउनु भयो ।

‘राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई अवश्य पनि उठाइ राख्नोस् । तर राष्ट्रियता नेपाली जनताको जुन भावना हो । त्यो भावनालाई ठिक ढंगले आत्मासात गरेर परिवर्तनको संवाहक पनि भएर अघि बढनोस् ।

उहाँले भन्नु भयो ‘परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काममा हामी नलागौं। अगाढि बढिसक्यो इतिहास । इतिहास पछाडि जाँदैन अब। सबैको न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्दै अग्रगमनको बाटोमा अघि बढौं । प्रतिगमनतर्फ कोही नलागौं ।’वैदेशिक हस्तक्षेपबाट मुलुकलाई जोगाउन नेपालका राजनीतिक दलहरु अहिले पनि सचेत भएर अघि बढनुपर्ने उनको भनाइ थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu