लोसपा अध्यक्ष ठाकुरसहितका नेता कपिलवस्तु आउदै
कपिलवस्तु -लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरसहितका पार्टीका शीर्षस्थ नेता कपिलवस्तु आउनु हुने भएको छ ।
कपिलवस्तुको तौलिहवामा बृहत आमसभा सम्बोधन तथा लोसपाको पार्टी कार्यालय उद्घाटनका लागि मंसिर १८ गते (सनिवार ) लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष महन्त ठाकुर कपिलवस्तु आउनुहुने भएको छ । आगामी चुनावलाई लक्षित गर्दै लोकतान्त्रिक समाजवादी पार्टीले राजनीतिक क्रियाकलापलाई अघि बढाएको छ । तौलिहवामा हुने आमसभा सम्बोधन कार्यक्रममा लोसपा नेपालका वरिष्ठ नेताद्वय राजेन्द्र महतो , शरतसिंह भण्डारी र लोसपा केन्द्रिय कार्यकारिणी समिती सदस्य अनिल झा, लोसपा कार्यकारिणी समिती सदस्य अकवाल अहमद शाह आउने कार्यक्रम रहेको लोसपा कपिलवस्तुले जानकारी दिएको छ ।