Connect with us
Kapilvast Forest

संस्कृति संरक्षण गर्नु हामी सबैको दायित्व हो :राष्ट्रपति भण्डारी

२०७८, १६ मंसिर बिहीबारमा प्रकाशित

कपिलवस्तु-राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा पद्धतिको विकास गुरुकुलबाटै भएकोले धर्म तथा संस्कृतिलाई संरक्षण गर्नु हामी सबैको दायित्व रहेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले कपिलवस्तुको बाणगंगा २ नन्दनगर स्थित कैलाश आश्रमद्धारा आयोजित २७ औँ धनधान्याञ्चल महायज्ञलाई उद्घाटन गर्दै उहाँले प्रकृति र संस्कृतिको विनाश गरेर विकास सम्भव नहुने बताउनुभएको छ । उहाँले पछिल्लो क्रममा चुरे पर्वतको विनाश भईरहेको प्रति चिन्ता व्यक्त गर्दै चुरेको संरुक्षण गर्दै विकासलाई जोड दिनुपर्ने बताउनुभयो ।

हेलिकप्टर मार्फत आएकी राष्ट्रपति भण्डारीले १ सय २७ फिट अग्लो ज्योर्तिलिंगको शिलापुजन, महायज्ञमा निर्माण गरिएका २ वटा प्रवेशद्धार, अष्ट चिरञ्जिवी मुर्ती र विश्रामलयको अनावरण तथा दुर्गा मन्दिरको पुजा अर्चना पनि गर्नुभएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस बाट बच्न र बचाउन आग्रह गर्दै राज्यले तोकेका स्वाथ्य मापदण्ड पालना गर्न अनुरोध गर्नुभयो ।कैलाश आश्रमको अवलोकन तथा दर्शनको क्रममा आश्रम सञ्चालक समिति, अध्ययनरत बटुक तथा बाजागाजाले स्वागत तथा सम्मान गरिएको थियो ।राष्ट्रपति आउने भए पछि हिजो देखिनै सुरक्षा व्यबस्था कडा पारिएको थियो ।

 

मंसिर २२ गतेसम्म हुने महायज्ञमा यसपटक अन्र्तराष्ट्रिय कथाबाचक आचार्य पण्डीत श्री सत्यराज अवस्थी वृन्दावन (भारत)ले कथा बाचन गर्नु हुनेछ । यस्तै हरेक दिन साँझ ६ बजेदेखि ८ बजेसम्म संगीतमय महाआरती हुने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu