भारतमा पनि फेला पर्यो कोरोनाको ओमिक्रोन भेरियन्ट
काठमाडौं- छिमेकी मुलुक भारतमा पनि कोभिड(१९ को नयाँ भेरियन्ट ओमिक्रोनका दुई जना संक्रमित फेला परेका छन् ।भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले कर्नाटकमा दुई जना ओमिक्रोनका संक्रमित फेला परेको बताएका हुन् ।
६६ वर्ष र ४० वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ‘हालसम्म देशमा यो भेरियन्टबाट दुई जना संक्रमित भएको पुष्टि भएको छ’, अग्रवालले भन्नु भयो , ‘दुवै संक्रमित कर्नाटकका हुन् ।’योसँगै ओमिक्रोन भेरियन्ट २६ मुलुकमा फैलिएको छ ।