राजेन्द्र लिङ्देनले टुंग्याए पदाधिकारी टिम, महामन्त्रीमा रेखा थापा
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनले निर्वाचनबाट चयन हुने उपाध्यक्ष र महामन्त्रीको उम्मेदवार टुंगो लगाउनु भएको छ ।
उनको प्यानलबाट उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठले उम्मेदवारी दिनुहुने भएको थियो । त्यस्तै महामन्त्रीमा डा। धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाले उम्मेदवारी दिने राप्रपा नेता मुकुन्दश्याम गिरीले जानकारी दिनु भएको थियो ।
बुधबार सुरु भएको राप्रपाको महाधिवेशनमा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गर्नु भएको छ । राप्रपामा ४ उपाध्यक्ष र ३ महामन्त्री निर्वाचनबाट चयन हुनेछन् भने अरु १४१ केन्द्रीय सदस्य निर्वाचनबाट आउनेछन् ।