Connect with us
Kapilvast Forest

सुनवलको तुरिया खोलाको पुल फेरी भासियो

२०७८, १८ मंसिर शनिबारमा प्रकाशित

परासी । महेन्द्र राजमार्ग अन्तर्गत सुनवलको तुरिया खोलामा पुल भासिएको छ ।
तुरिया खोलामा पुल भासिदा बाटो अबरोध भएको छ भने पुलबाट सावारी साधन जान रोक लगाईएको छ ।

पुल नजिकैको बाटोबाट अहिले डाइभर्सन गराईएको छ । डाइभर्सन गराउदा लामो जाम परेकाले अहिले बुटवल हुँदै पुर्व जाने गाडिहरु बुटवलबाटै भैरहवा हुँदै परासी पढाउने काम भएको ट्रफिक प्रहरीले जनाकारी दिएको छ ।

गत भाद्रमा भारी वषको कारण भासिएको पुलमा लामो समय पछि बेलिब्रीज हालेर २० टन सम्मका गाडी गुड्न दिइएको थियो । तर उक्त पुल भासिदा बाटो फेरी अबरुद्ध भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj