Connect with us
Kapilvast Forest

कपिलवस्तुको विजयनगरमा एक पुरुषको शव फेला

२०७८, १८ मंसिर शनिबारमा प्रकाशित

file death

कपिलवस्तु- कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं ६ बगहामा एक पुरुषको शव फेला परेको छ ।

बगहा बाटो नजिकै रहेकोे खाल्डोमा चम्पा बोहराको छोरा टिका बोहरा मृत अवस्था फेला परेको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक रण बहादुर बिष्टले जानकारी दिनुभएको छ ।

मृतकको पहिचान खुलेको र शव पोस्टमार्टम को लागि शिवराज अस्पताल बहादुरगंज पठाइएको बिष्टले बताउनुभयो ।

शुक्रबार राति १ बजे घर बाट हराएको भन्ने थाहा पाए पछि प्रहरी घटना स्थलपुगेको हो । सो घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।