Connect with us
Kapilvast Forest

कांग्रेस गण्डकीमा पौडेल प्यानलका शुक्रराज विजयी

२०७८, १९ मंसिर आईतवारमा प्रकाशित

पोखरा -नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलका शुक्रराज शर्मा निर्वाचित हुनु भएको छ ।संस्थापन समूहका पर्वतका अर्जुन जोशीलाई पराजित गर्दै कास्कीका पाका नेता शर्माले गण्डकी प्रदेशको पहिलो कांग्रेस सभापतिमा नाम लेखाउन सफल हुनु भएको छ ।

 

१ हजार १६५ प्रतिनिधिमध्ये १ हजार १४६ मत खसेको थियो । शर्मा र जोशीबीच सुरुदेखि नै निकै झिनो मतान्तर देखिएको थियो । १ हजार १०० मत गणना हुँदा जोशीले ५ सय १० मत ल्याउँदा शर्माले ५ सय ८५ मत ल्याएर जीत सुनिश्चित गरिसक्नु भएको थियो।

१७ वर्षसम्म कास्की कांग्रेसको नेतृत्व गरेका शर्मा पौडेल समूहका भए पनि कास्कीमा आफ्नै गुट चलाउँदै आउनु भएको थियो । हक्की स्वभावका शर्माले कास्कीमा प्रभाव कायमै राखेको भए पनि स्वभावका कारण उत्तिकै आलोचित पनि भइरहनु हुन्थ्यो ।प्रदेश सभापतिमा पौडेल समूहका शुक्रराज शर्मा विजयी भए पनि पदाधिकारीमा भने मिश्रित नतिजा आएको छ । तर, पौडेल समूहकै वर्चश्व देखिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu