Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेशले जित्यो यू-१९ क्रिकेटको उपाधि

२०७८, १९ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं- लुम्बिनी प्रदेशले वाईवाई यू-१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।कप्तान देव खनाल, विशाल विक्रम केसी अनी अजय चौहानको उत्कृष्ट प्रदर्शनमा सुदुरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनीले आईतबार उपाधि जितेको हो।

लुम्बिनीले दिएको २१३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले २८.३ ओभरमा सबै विकेट गुमाएर ९९ रनमा अलआउट भयो ।सुदुरपश्चिमका लागि लोकेश बमले सर्वाधिक २५ रन बनायँदा कप्तान खडक बोहरा २१, शेर मल्लले १५ तथा नारायण जोशी ११ रन जोडे।

सुदुरपश्चिमलाई अलआउट गर्न लुम्बिनीका अजय चौहानले सर्वाधिक ५ विकेट लिए । यस्तै दुर्गेश गुप्ताले ३ तथा मोहम्मद हुसेनले २ विकेट हात पारे ।त्यसअघि कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको थियो।

लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रन बनाए । देवले ९५ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे ।विशाल विक्रम केसीले ५१ रन, दुर्गेश गुप्ताले ३२ तथा प्रज्वल थापाले २४ रन जोडे। सुदुरपश्चिमका आकाश चन्दले सर्वाधिक ३ विकेट लिए ।
शेर मल्ल र हेमन्त धामीले २-२ विकेट लिए ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भएको प्रतियोगिता सात प्रदेशले राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरेका थिए। जसमा लुम्बिनी र सुदूरपश्चिम शीर्ष दुईमा रहेर फाइनल खेलेका थिए।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu