Connect with us
Kapilvast Forest

प्रेस सेन्टरको महाधिवेशन सकियो, टुंगिएन अध्यक्ष

२०७८, १९ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं- नेकपा माओवादी केन्द्रनिकट पत्रकार  संगठन प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन सकिएको छ ।

चितवनमा शनिवार र आइतबार भएको महाधिवेशनले ८ मनोनितसहित १९९ सदस्यीय केन्द्रीय सदस्य चयन गर्नुपर्ने थियो। तर, १८४ केन्द्रीय सदस्यको नाम मात्रै घोषणा भएको छ भने अध्यक्षसहितका पदाधिकारीहरुको समेत टुङ्गो लागेको छैन।

अध्यक्षमा विष्णु सापकोटा (जुगल), गोविन्द रोका (सचिन), बलराम थापा, लक्ष्मी पुन लगायतको दाबी थियो ।१८४ केन्द्रीय सदस्यको नाम घोषणा गर्दै प्रेस सेन्टरका केन्द्रीय कार्यालय सदस्य बलराम थापाले १८४ जनाको पहिलो बैठकले नै अध्यक्षसहितका पदाधिकारी चयन गर्ने बताए । केन्द्रीय सदस्यमा खाली रहेका ठाउँमा पनि पछि नै सदस्यहरु थपिने उनले बताए ।

शनिवार सम्मेलनको उद्घाटन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नेतृत्व टुङ्ग्याइदिएको र बाँकी पदाधिकारी मिलाउन आग्रह गरेका थिए। तर, प्रचण्डले भनेका व्यक्तिलाई सर्वसम्मत अध्यक्ष मान्न अन्य दाबेदारहरु तयार नहुँदा अधिवेशन नेतृत्व चयन नै नगरी सकिएको हो ।

प्रेस सेन्टरमा अध्यक्ष एक, महिला उपाध्यक्ष एक, समावेशी उपाध्यक्ष एक, खुला उपाध्यक्ष ११, महासचिव एक, उपमहासचिव पाँच, सचिव खुला ६, महिला सचिव दुई, आदिवासी दुई, मधेसी दुई, दलित दुई, अल्पसंख्यक दुई, कर्णाली एक र कोषाध्यक्ष एकजना रहनेछन् ।

१९ बुँदे घोषणापत्र सार्वजनिक

महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । जसमा प्रधानन्यायाधीशलाई उच्च नैतिकता प्रस्तुत गर्दै निकास दिन आग्रह थर्दै दलहरुलाई राजनीतिक गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गरिएको छ ।

मिडियासम्बन्धी पुराना कानुन खारेज गरी नयाँ कानुन बनाउन, साना लगानी गर्न संरक्षण गर्न, श्रम ऐन कार्यान्वयन नगर्ने मिडियालाई सबै सेवासुविधा बन्द गर्न माग, सञ्चारकर्मीले सवारीसाधन किन्दा भन्सार छुट, स्वास्थ्य बिमा लागू गर्न समेत माग गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu