Connect with us
Kapilvast Forest

कांग्रेस लुम्बिनी: एक उपसभापति बाहेक सबैमा पौडेल पक्षको बिजयी

२०७८, २० मंसिर सोमबारमा प्रकाशित

भैरहवा- नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिमा एक उपसभापति बाहेक सस्थापन ईतर समुहका अमरसिंह पुन समुहको प्यानल नै बिजयी भएको छ।पुन समुहका उपसभापतिका उम्मेदवार पाठक बाहेकमा अमरसिंह पुनको प्यानल बिजयी भएको छ।

सभापतिमा पुनले ८५२ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिद्वन्दी भरतकुमार शाहले ७६७ मत ल्याउनु भएको छ ।उपसभापतिमा पुन समुहका भुवनप्रसाद श्रेष्ठ र शाह समुहका राजु खनाल निर्वाचीत हुनु भएको छ । श्रेष्ठले ८४७ मत पाउनु भयो भने खनालले ७९२ मत प्राप्त गर्नु भयो । पाठकले ७७२ मत पाउनु भएको छ ।

त्यस्तै महामन्त्री पदमा पनि पुन समुहकै बिक्रम खनाल र सुरेन्द्रराज आर्चाय निर्वाचित हुनु भएको छ । खनालले ८४४ र आर्चायले ८३९ मत प्राप्त गर्दै बिजयी भएको निर्वाचन समितिका सदस्य अब्दुल रहमानले जानकारी दिनु भयो ।

त्यसैगरी सहमहामन्त्रीमा बिष्णु खनाल मुस्कान र खगराज पाण्डेय बिजयी हुनु भएको छ ।महिला सहमहामन्त्रीमा निमा गिरी बिजयी हुनु भएको छ ।
१४औं महाधिवेशनअन्तर्गत भएको प्रदेश अधिवेशनमा कूल १ हजार ६३१ मत खसेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu