प्रदेश १ को कांग्रेस सभापतिमा उद्धव थापा २ मत अन्तरले विजयी
विराटनगर – नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा संस्थापन पक्षका उद्धव थापा विजयी हुनु भएको छ ।थापाले रामचन्द्र पौडेल पक्षका गुरुराज घिमिरेलाई दुई मत अन्तरले हराउनु भएको हो ।
थापाले ८४४ र घिमिरेले ८४२ मत पाउनु भएको छ । पदाधिकारीमा एक महामन्त्रीबाहेकका अन्य पदहरुमा पनि थापा पक्ष नै विजयी भएको छ ।उपसभापतिमा संस्थापन पक्षका रमेशजंग रायमाझी ८९१ मतसहित र टंकप्रसाद राई ८४७ मतसहित विजयी हुनु भएको छ ।
संस्थापन इतरका उम्मेदवार गोविन्द प्रसाद ढुंगानाले (केदार)ले ७६५ र विश्वनाथ रिजाल (त्रिलोचन)ले ६६९ मत पाउनु भएको छ ।महामन्त्रीमा संस्थापन पक्षका भूपेन्द्र राई ८२४ र संस्थापन इतरका उमेश थापा ८२३ मत सहित विजयी हुनु भएको छ । महामन्त्रीका अन्य उम्मेदवार पदम सुन्दर पालुङ्गवाले ८०७ र दिपन कुमार श्रेष्ठले ७६४ मत पाउनु भएको छ ।
सहमहामन्त्रीमा खड्ग फागो लोकप्रिय मतसहित विजयी हुनु भयो । उहाँले १०२६ मत पाउनु भएको छ । यसैगरी अर्को सहमहामन्त्री पदमा प्रमिल गच्छदार ८३७ मतसहित विजयी हुनु भयो ।सहमहामन्त्रीका अन्य उम्मेदवारहरु विनोदकुमार बस्नेतले ७४७, सीता कार्कीले ७३३, रोहित कुमार शाहले ६६५, विरकाजी राईले ६४७ र शुभन्द्र राईले ८४ मत पाउनु भयो ।