Connect with us
Kapilvast Forest

ओमिक्रोन डेल्टाभन्दा कम खतरनाक तर सतर्कता जरुरी

२०७८, २१ मंसिर मंगलवारमा प्रकाशित

काठमाडौं – अमेरिकाका स्वास्थ्य अधिकारीले व्यापक रूपमा फैलिरहेको ओमिक्रोन भेरिएन्ट यसअघिको डेल्टाभन्दा कम खतरनाक रहेको प्रारम्भिक नतिजाले देखाएको बताएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकार डा। एन्थोनी फाउसीले सिएनएनलाई दिएको एक अन्तर्वार्तामा ओमिक्रोनको गम्भीरताका विषयमा निष्कर्षमा पुग्नुअघि अझै धेरै अध्ययन आवश्यक रहेको बताउनु भयो ।

सबैभन्दा पहिला यो भेरिएन्ट देखिएको मुलुक दक्षिण अफ्रिकाबाट प्राप्त प्रारम्भिक प्रतिवेदनले पनि यो भेरियन्टका कारण अस्पताल भर्ना हुनेको संख्या डरलाग्दो हिसाबले बढोत्तरी नभएको सूचना दिएको छ।

‘यो भेरियन्टका कारण रोगको जटिलता त्यति धेरै देखिएको छैन। तर यो जटिल नभएको र यसले डेल्टाको तुलनामा गम्भीर हिसाबले बिरामी नपार्ने भनेर लापरबाही नगरी सावधान हुन जरुरी छ,’ डा। फाउसीले भने अमेरिकाका एकतिहाइ राज्यमा ओमिक्रोन देखिएको छ।

उता विश्व स्वास्थ्य संगठनकी इपिडिमियोलोजिस्ट डा। मारिया भान करकोभले ओमिक्रोन डेल्टाभन्दा कम खतरनाक रहे पनि समस्याजनक रहेको तर्क गरेकी छन्। अमेरिकाको सिबिएस च्यानललाई दिएको एक अन्तर्वार्तामा उनले भनिन्,‘मध्यम खाले लक्षण भएका ओमिक्रोनका धेरै बिरामी भएको अवस्थामा अस्पताल भर्ना गर्नुपर्नेको संख्या बढ्न सक्छ, विश्वभर डेल्टा व्यापक रूपमा फैलिरहेको अवस्थामा हामीले त्यस्तो स्थिति आउन दिनु हुँदैन,’ उहाँले भन्नु भयो ।
आजको नागरिक दैनिकबाट

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu