Connect with us
Kapilvast Forest

कक्षा १२ को प्रमाण पत्र स्कुलमै पाइने, बोर्ड धाउन नपर्ने!

२०७८, २१ मंसिर मंगलवारमा प्रकाशित

काठमाडौं-कक्षा १२ पास भएका विद्यार्थीहरूले प्रमाणपत्र सम्बन्धित विद्यालयबाटै लिन सक्ने भएका छन्।यसअघि राष्ट्रिय परीक्षा बोर्डमा पुगेर प्रमाणपत्र लिनुपर्ने व्यवस्था थियो।

कोरोना महामारी बढेको र बोर्डमा भिडभाड हुने भएकोले यसपालि विद्यालयहरूमै प्रमाण पत्र पठाइने र त्यहीबाट विद्यार्थीले लिन सक्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ।

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो।सम्बन्धित विद्यालयले आवश्यक दस्तुर र कागजपत्र संकलन गरेर बोर्डमा पठाएपछि प्रमाणपत्र स्कुलमै पठाउने व्यवस्था मिलाइने निर्णय भएको छ।

अब विद्यार्थीले बोर्ड पुगेर निवेदन र दस्तुर बुझाउनुपर्दैन सम्बन्धित विद्यालयमै बुझाए हुने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ।यही मंसिर १७ मा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको थियो। गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको परीक्षामा ३ लाख ८५ हजार विद्यार्थीले परीक्षा लिएका थिए।

जसमध्ये सात हजार ३६ जनाले ‘ए प्लस’ ग्रेड ल्याएका छन् भने ‘ए ग्रेड’ ल्याउने परीक्षार्थीको संख्या ४८ हजार तीन सय ३९ जना छ।

‘बी प्लस’ ग्रेड ल्याउने विद्यार्थी ७० हजार हाराहारीमा रहेको बोर्डले जनाएको छ।करिब एक लाख विद्यार्थीले ‘बी’ ग्रेड मात्रै ल्याएका छन् भने सि र डी ग्रेड ल्याउने विद्यार्थी पनि छन्।साथै दश हजार हाराहारी विद्यार्थीले ‘ई’ ग्रेड पनि ल्याएका छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu