Connect with us
Kapilvast Forest

त्रिविमा खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्तिको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

२०७८, २१ मंसिर मंगलवारमा प्रकाशित

काठमाडौं – त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय सच्याउन माग गर्दै संयुक्त विद्यार्थी संगठनहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट अनेरास्ववियुसहित सात विद्यार्थी संगठनका नेताहरुले मंगलबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेका हुन् । ज्ञापन पत्रमा विश्वविद्यालय जस्तो प्राज्ञिक क्षेत्रमा खुल्ला प्रतिस्पर्धाबाट मात्र शिक्षक कर्मचारी नियुक्तिको वातावरण बनाउन माग गरिएको छ ।

 

यसैगरी चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिने मणिपाल लगायतका सबै मेडिकल कलेजलाई कारबाही गर्दै शुल्क फिर्ता गर्न, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन, खुद्रा नभएको बहानामा तोकिएको भन्दा बढी भाडा लिने काम नियन्त्रण गर्न पनि सात विद्यार्थी संगठनहरुले माग गरेका छन् ।

ज्ञापन पत्रमा अनेरास्ववियु अध्यक्ष सुनिता बराल, अखिल पाँचौका अध्यक्ष घनश्याम मिश्र, वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका संयोजक राजेश्वरी सुवेदी, अखिल क्रान्तिकारीका अध्यक्ष सुन्दर रायमाझी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियनका अध्यक्ष धनसुर शाही, राष्ट्रिय विद्यार्थी संघका महासचिव रोशन मिश्र र राष्ट्रवादी विद्यार्थी संगठनका अध्यक्ष अनुप लामिछानेको हस्ताक्षर छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu