Connect with us
Kapilvast Forest

मोटरसाइकल चोरी गरेको आरोपमा काठमाडौंबाट सात पक्राउ‌

२०७८, २१ मंसिर मंगलवारमा प्रकाशित

काठमाडौं-महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।उनीहरूलाई नियन्त्रणमा लिई मंगलबार सार्वजनिक गरेको हो।

महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले काठमाडौंका विभिन्न स्थानमा विशेष अपरेशन सञ्चालन गरी मोटरसाइकल चोरी गर्नै समूहका सात जनालाई पक्राउ गरेको हो।

रौतहट चन्द्रनिगाहापुर–९ सन्तपुर घर भई हाल कीर्तिपुर बस्ने १९ वर्षीय नरकुमार पुडासैनीलाई गत वर्ष माघमा बानेश्वरबाट हराएको प्र ३–०२–०१३प ३६६० नम्बरको २२० सिसिको पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरी चलाइरहेको अवस्थामा पशुपति क्षेत्रबाट पक्राउ गरिएको थियो।

उनीमाथि थप अनुसन्धानका क्रममा न्यूरोडबाट जुम्ला सिञ्जा गाउँपालिका– ६ घर भई हाल कीर्तिपुर बस्ने २० वर्षीय पुन्दलाल बुढालाई मोटरसाइकलसहित पक्राउ गरेको महाशाखाले जनाएको छ।

यही ८ गते बत्तीसपुतलीबाट हराएको बा प ०२(०२२प ६५१८ नम्बरलाई परिवर्तन गरी बा प्र–०२–०२५ प १३९१ प्रयोग गरिरहेका बेला बुढा पक्राउ परेका हुन्।

कीर्तिपुर क्षेत्रबाट काठमाडौँका सन्तोष महर्जनसहित रौतहट घर भई सानोभर्‍याङ बस्ने ३४ वर्षीय ज्ञानेन्द्र चौधरी, रौतहट गुजरा घर भई हाल बानेश्वर बस्ने ३२ वर्षीय रविकुमार कुशवाहा, उदयपुर घर भई हाल कीर्तिपुर बस्ने कमलबहादुर बस्नेत र बारा गढीमाई घर भई कीर्तिपुर बस्ने २२ वर्षीय रञ्जीतप्रसाद गुप्तालाई पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनु भयो ।

पक्राउ परेका चौधरी पटक–पटक मोटरसाइकल चोरीमा कारबाही भोगेका व्यक्ति हुन्। रौतहटका चौधरी र कुशवाहा मोटरसाइकल चोरी गिरोहका मुख्य व्यक्ति रहेको समेत अनुसन्धानबाट देखिएको एसएसपी भट्टराईले जानकारी दिनु भयो ।

त्यसैगरी कीर्तिपुरबाट पक्राउ परेका रञ्जीतप्रसाद गुप्ताले चोरी गरी ल्याएका मोटरसाइकललाई ग्यारेजमा सुरक्षित राख्ने, सामान फेरबदल गर्ने गरेको पाइएको छ।

गुप्ता कीर्तिपुरमा रहेको रञ्जित मोटरसाइकल वर्कसपका सञ्चालकसमेत रहेको खुल्न आएको महाशाखाले जनाएको छ।

पक्राउ परेका गुप्ता र सन्तोष महर्जनले ग्राहक खोज्ने र सस्तो मूल्यमा मोटरसाइकल किनबेच गर्ने मुख्य भूमिका खेल्ने गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ। उनीहरूले इञ्जिन तथा विभिन्न भाग काटेर टुक्रा पारेको अवस्थामा यही असोजमा ताहाचलबाट हराएको बा–प्र–०२–०१९प ९४९८ नं को मोटरसाइकलसमेत बरामद गरिएको महाशाखले जानकारी दिएको छ।

पक्राउ गरिएको मोटरसाइकल र चोरीमा संलग्नलाई आवश्यक कारवाहीको लागि विभिन्न महानगरीय प्रहरी वृत्तमा पठाइएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu