आश्रय गुहमा रहेका ६ जनालाई न्यानो कपडा
कपिलवस्तु –लैगिक हिंसा बिरुद्धको १६ दिने अभियानको क्रममा साथी संस्था कपिलवस्तुले आश्रय गुहमा रहेका ६ जनालाई न्यानो कपडा बितरण गरेको छ । कपिलवस्तु नगरपालिको सहयोगमा तौलिहवामा उहाँहरुलाई ट्राउजर, टोपी, स्वीटर, सुरुवाल, मोजा र किचेन सु सहीतको सेट बाडिएको हो ।
जिल्ला समन्वय समितिकी प्रमुख तारावती चौधरी, नगरपालिकाका उप मेयर लक्ष्मी गुप्ता नगरपालिकाका सामाजिक विकास संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे लगायतको टोलीले उनीहरुलाई न्यानो कपडा सेट हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा समन्वय समितिका उप प्रमुख चौधरीले लैगिंक हिंसा न्युनीकरण गर्न सबैको साझा प्रयास अवश्यक रहेको बताउनु भयो । आश्रय गुहमा रहेका महिलालाई सहयोग गर्न उनले आग्रह गर्नु भयो ।
सो अवसरमा वडा अध्यक्ष गैरेले लैगिक हिंसाको सुरुवात घरबाटै गनेै गरिएको बताउनु भयो । उहाँले छोरीलाई घर घरायसी काममा लगाएर छोरालाई बिभेद गर्ने गरिएको बताउनु भयो । उहाँले छोरा र छारीलाई समानरुपमा हेर्नु पर्ने बताउनुभयो ।
उहाँले लैगिक हिंसा न्युनीकरणकालागि सबै लागी पर्नु पर्ने बताउनु भयो । सो अवसरमा उम प्रमुख गप्ता पुक्ष्पा रेग्मी, नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सरोजा चौधरी सैंलटर प्रमुख बिमला पौडेल लगायतले मन्तब्य दिनु भएको थियो ।
यस्तै अभियान कै अवसरमा महिला हिंसमा परेका र। किशोरीहरुलाई हिसा कम गर्ने उपाय बारे सचेतना तथा साईबर क्राईम बारे अन्तरक्रिया गरिएको थियो । सो अवसरमा जिल्ला प्रहरी कार्यालयकी महिला तथा बालबालिका सेलकी प्रमुख पार्वती गुप्ताले लैगिंक हिंसा र साइंबर क्राईम बारे जानकारी गराउनु भएको थियो ।