जसपा नेपाल कपिलवस्तुको संगठन विस्तार कार्य जारी
बृजेश यादव- कपिलवस्तु,
जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुको संगठन विस्तार तथा जनजागरण अभियान तीव्रताका साथ जारी गरेको छ । जसपा नेपाल कपिलवस्तु शिवराज नगरपालिकाले पार्टीको संगठन विस्तार तथा जनजागरण अभियान कार्यमा बोल्दै जसपा नेपाल लुम्बिनी प्रदेश युवा नेता रहिश शाहले सगंठ्न मजबुत भए पार्टी मजबुत हुने बताउनु भयो ।
संगठन विस्तार तथा जनजागरण अभियान अन्तरगत शिवराज ११ थुन्हियामा भएको कार्यक्रमको प्रमुख अतिथी समेत रहेका प्रदेश सदस्य शाहले अबको निकास र विकासको लागि जसपा नेपाल नै उत्तम पार्टी रहेको बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै शाहले भन्नुभयो ” जसपा नेपाल नेपाली जनताको दुख पिडालाई बुझेको र हरेक क्षण साथमा रहेको छ ।”
सो संगठन विस्तार तथा जनजागरण अभियान अन्तरगत शिवराज नगर अध्यक्ष कृष्ण कुमार चौधरीले नगरको ४ वडामा पार्टीको संगठन विस्तार तथा पुर्नगठन भैसकेको बताउनु भयो ।
सो संगठन विस्तार तथा जनजागरण अभियान कार्यक्रममा जसपा नेपाल जिल्ला सदस्य प्रभु यादव, शिवराज नगर सहसचिव मेनाज खान, जसपा नेता मुन्नेलाल यादव, हुकुमदार मुसलमान लगायतको सहभागिता रहेको थियो ।
संगठन विस्तार तथा जनजागरण अभियान अन्तरगत शिवराज वडा नं ११ थुन्हियाको वडा समिती पुर्नगठन गरिएको छ । आनन्द यादवको अध्यक्षतामा ५१ सदस्यीय वडा समिती पुर्नगठन गरिएको छ ।