Connect with us
Kapilvast Forest

शेरबहादुरले रामचन्द्रलाई सर्वसम्मत सभापति प्रस्ताव गरे मान्छु : निधि

२०७८, २४ मंसिर शुक्रबारमा प्रकाशित

काठमाडौं  नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी सभापति शेरबहादुर देउवाले नै वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति प्रस्ताव गरे आफूलाई पनि स्वीकार्य हुने बताएका छन् । अन्यथा सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहने उनले बताएका छन् ।

चितवन–काठमाडौं प्रजातान्त्रिक समाजले शुक्रबार ललितपुरमा गरेको कार्यक्रममा निधिले १३औं महाधिवेशनमा सभापति लडेका तीन नेताले पार्टी सभापतिमा फेरि दाबी नगर्नु राम्रो हुने बताए । त्यस्तो अवस्थामा सभापतिका चार दावेदारबीच सहमति खोज्ने र नभए निर्वाचनमा जाने उनले बताए ।

 

निधिले अघि भने, ‘होइन शेरबहादुरजीले सर्वसम्मत सभापतिमा रामचन्द्र पौडेलको नाम प्रस्ताव गर्नुहुन्छ भने मान्न सकिन्छ ।’ अन्यथा आफू पनि सभापतिमा उम्मेदवार बन्ने र पदाधिकारीको टिम नै बनाएर प्रतिस्पर्धा गर्ने उनले बताएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu