माग सम्बोधन नभए सडकमा उत्रिने ठाकुरको चेतावनी
काठमाडौं-लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरुको माग सम्बोधन नभए सडक आन्दोलन गर्ने चेतावनी दिनु भएको छ ।शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लोसपा अध्यक्ष ठाकुरले संविधानप्रति आफूहरुको असन्तुष्टि कायमै रहेको बताउनु भयो ।
थरुहट-मधेस आन्दोलनका क्रममा थुप्रै नेता कार्यकर्तामाथि मुद्दा लगाएको र केही अझै पनि जेलमा समेत रहेको ठाकुरले बताउनु भयो ।लोसपाका अध्यक्ष ठाकुरले भन्नु भयो , ‘हामी हाम्रो समस्याको सम्बोधन चाहन्छौं । होइन भने ज्वालामुखी जस्तै विस्फोट हुन्छ, हामी फेरि सडकमा उत्रन बाध्य हुन्छौं ।’