Connect with us
Kapilvast Forest

शिवराज ३ मा ८५ जेष्ठ नागरिकलाई सम्मान तथा पौष्टिक आहार वितरण

२०७८, २४ मंसिर शुक्रबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुकाे शिवराज नगरपालिका वडा नं.३ काे कार्यालयले एक कार्यक्रमका बीच जेष्ठ नागरिकलाई सम्मान तथा पाैष्टिक आहार प्रदान गरेकाे छ । शुक्रबार वडा कार्यालय खरेन्द्रपुरमा वडाभित्रका ८५ जना जेष्ठ नागरिकहरूलाई स्विटर, टाेपी र च्यावल परास प्रदान गरी सम्मान गरिएकाे हाे । शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले ८० वर्ष उमेर पुरा गरेका जेष्ठ नागरिकलाई खादा ओढाई उक्त सामग्रीहरू प्रदान गरी सम्मान गर्नु भएकाे हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै नगर प्रमुख नेत्रराज अधिकारीले बृद्धबृद्धाहरूलाई सानाे बच्चाको जस्तै परिवारकाे माया, ममता र स्याहारसुसारकाे आवश्यकता रहेकाे बताउनुभयो । बृद्ध अवस्थामा शारीरिक, मानसिक रूपमा अशक्त र कमजोर हुँदै जाने भएकाले माया, स्नेहसहित बृद्धहरूलाई हेरचाहका लागि परिवारले पूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने अधिकारीले बताउनुभयो ।

बृद्धहरूले पारिवारिक माया पाउनु नै सबै भन्दा ठुलो सम्मान भएको बताउँदै आफ्नो सन्तानकाे सरह नै व्यवहार गरी बृद्ध बुवा आमालाई सम्मान र सहयाेग गर्न आग्रहसमेत गर्नुभयो ।

वडा अध्यक्ष टेकलाल सापकोटाले बृद्ध बुवा, आमाहरूलाई सम्मान गर्न पाउँदा खुसी लागेकाे बताउँदै जेष्ठ नागरिकहरूकाे हाैसला बढाउन सम्मान गरिएको बताउनुभयो । यसरी बृद्धहरूलाई सधैँ आदर, सम्मान गर्नु हामी सबैकाे कर्तव्य भएकाे उहाँले बताउनुभयो । अध्यक्ष सापकोटाले सम्मानित हुन छुट्नु भएका वृद्धहरुलाइ घरमै पुगी सो सामग्री प्रदान गरिने बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu