लैंगिक हिसां विरुद्धको समापन फितलो,वक्ताले भने ‘पोलियो लागेछ’
कपिलवस्तु -गत वर्षहरुमा तामझामका साथ मनाउँदै आइरहेको लैंगिक हिसां विरुद्धको १६ दिने अभियान यस वर्ष फितलो भएको छ । गत वर्ष विभिन्न संस्थाले आयोजना गर्दै आइरहेको कार्यक्रम यसवर्ष शिवराज नगरपालिकाले आफै संचालन गरेको थियो । घरैबाट शुरु गरौ, महिला हिंसा अन्त्य गरौ भन्ने नाराका साथ संचालन गरिएको ३० औं लैंगिक हिसां विरुद्धको १६ दिने अभियान समापन कार्यक्रममा बोल्ने बक्ताहरुले कार्यक्रम फितलो भएको भन्दै कार्यक्रमलाई पोलियो लागेको टिप्पणी गरे । अधिकांश वक्ताहरुले शिवराज नगरपालिकाको आलोचना गरेका हुन् ।
कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख नेत्रराज अधिकारीले समापन कार्यक्रम फितलो भएको स्वीकार गरेका छन् । गत वर्षहरुका विभिन्न संघ सस्थाले कार्यक्रम आयोजना गरेको भएपनि यस वर्ष नगरपालिका मा रहेको महिला बालवालिका शाखाले आयोजना गरेको तर सबै संघ सस्था र जनमानसको उपस्थिती गराउन नसक्नु नगरपालिकाको कमजोरी भएको उनले बताए हुन् ।
१६ दिने अभियानको अध्यक्षता ग्रहण गरेकी शिवराज नगरपालिका उपमेयर शिवकुमारी थारुले संघ प्रदेश तथा स्थानियतहले हिंसा विरुद्ध कानुन बनाएपनि कार्यन्यन हुन नसक्दा अझै पनि समाजमा महिला हिंसामा वृद्धि हुदै गएको बताएकी छिन । वडाहरुमा भने प्रभावकारी रुपमा कार्यक्रम संचालन भएको थारुले बताईन ।
नेकपा एमालेका अध्यक्ष जगत पौडेलले कार्यक्रम प्रति असुन्तुष्टि व्यक्त गरे । उनले भाषण सुन्ने जनता हुनुपर्ने भन्दै कार्यक्रमको व्याङग गरे । लैगिक हिंसाका घटनाहरु बढदो रहेकोले यसमा सबै सचेत हुनुपर्नेमा जोड दिए । नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष दिनेश पुनले भने लैंगिक हिसां विरुद्धको समापन कार्यक्रमलाई पोलियो लागे जस्तो देखिएको बताए ।
भाषण गर्न स्टेज पुगेका पुन सहभागिहरु कम देखेपछि एक छिन मुस्कुराए । सधै जसो धेरै जनमानसमा भाषण गर्ने बानी परेको राजनितिक दलका प्रतिनिधिहरुलाई न्युनसख्या देखेपछि अचम्म लागे जस्तो व्यवहारमा देख्निथे । भाषणका क्रममा विगतका कार्यक्रमहरु बारे स्मारण गर्दै यसरी अव्यवस्थि कार्यक्रम संचालन गर्न नहुने सुझाव दिए । व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रलले १६ दिने अभियानले मात्र नपुग्ने बताए । विभिन्न वाहानामा हिंसाका घटनाहरु भइरहेको बताउँदै यसलाई कम गर्न निरन्तर लाग्नुपर्ने जनाए ।