कांग्रेस सभापतिमा पौडेलले उम्मेद्वारी नदिने
काठमाडौं -कांग्रेस सभापतिमा रामचन्द्र पौडेलले उम्मेद्वारी नदिनुहने भएको छ । शनिबार बिहान कांग्रेस नेता कार्यकर्तासँगको छलफल पौडेलले संस्थापन इत्तरबाट कसैले अडान नछाडेपछि आफू सभापति पदबाट पछाडि हटेको बताउनु भएको छ । पौडेल निवासमा मिनेन्द्र रिजाल, बन्द्री पाण्डे लगायतका नेता कार्यकर्ताहरु जानु भएके थियो । पाण्डेले भन्नु भयो रामचन्द्र पौडेल आफूले सभापतिको उम्मेद्वारी नदिने भन्नुभएको छ। उहाँले कसलाई समर्थन गर्ने भन्नेबारेमा बेलुकासम्म टुंगो लाग्नेछ।
संस्थापनइतर पक्षले सभापतिकै उम्मेदवार तय गर्न सकेको छैन। वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको इतर समूह निरन्तर छलफलमा हुनुन्छ । सो समूहबाट नेता पौडेल र महामन्त्री डा। शशांक कोइरालाले सहमति जुटे सभापतिको उम्मेदवारबाट आफूहरू लचिलो बन्ने संकेत गरेका छन्। तर, नेता प्रकाशमान सिंह र शेखर कोइरालाका बीचमा सहमति जुट्न सकेको छैन। सर्वसम्मत रुपमा आफूलाई उम्मेद्वारी बनाउन पौडेलले आग्रह गर्दै आउनु भएको छ ।
कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला र प्रदेश अधिवेशनमा शेरबहादुर देउवा र कृष्ण सिटौलापक्ष एउटै प्यानल बनाएर अगाडि बढेका थिए। महाधिवेशनमा पनि उनीहरु एक भएर जाने सहमति भएको छ।
महाधिवेशनको उद्घाटन सत्र सकिएर बन्दसत्र सुरु हुँदा समेत कांग्रेसका दुवै पक्षले ‘प्यानल’ बनाउन सकेका छैनन्। सभापति शेरबहादुर देउवा पक्ष ९संस्थापन०ले उपसभापति, महामन्त्री र सहमहामन्त्रीको टुंगो लगाउन सकेको छैन।
कांग्रेस विधानमा सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र १ जना कोषाध्यक्ष मनोनित गरी १४ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ । केन्द्रीय सदस्यहरू खुलातर्फ ३५ जना, विभिन्न समावेशी समूह र पिछडिएको क्षेत्रतर्फ ६५ जना र ७ प्रदेशबाट १र१ महिलासहित २१ जना आउने छन्। कांग्रेसको विधानमा उपसभापति, महामन्त्री र केन्द्रीय सदस्यमा खुलातर्फको छुट्टै कोटा भए पनि सहमहामन्त्रीमा खुलातर्फ कोटा छुट्याइएको छैन।