प्रकाशमानको प्यानलबाट सुजाता उपसभापति
काठमाडौं – नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने भएकी छन् ।कोइरालाले प्रकाशमान सिंहको समूहबाट उपसभापतिमा उम्मेदवारी दिने नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले जानकारी दिनु भयो ।
प्रकाशमान निकट बानियाँले भने, ‘अहिलेसम्मको समझदारी त्यही हो । उहाँ प्रकाशमान दाइको टिमबाट उपसभापति लड्नुहुन्छ ।’सभापति बानियाँले पदाधिकारीका लागि संस्थापन र पौडेल समूहका नेताहरूसँग छलफल भइरहेको बताउनु भएको छ ।
सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका प्रकाशमानले अहिले केहीबेरमा आफ्नो अवधारणा पत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।कांग्रेसको निर्वाचन प्रक्रिया आजदेखि शुरु भएको छ । आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।