पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीतिर लागेका पदाधिकारी र सदस्यलाई हटाएर नयाँ सदस्य र पदाधिकारी थप गरिएको अध्यक्ष बस्नेतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रेस चौतारी नेपालको पुनर्गठन: २४९ सदस्यीय केन्द्रीय कमिटीको घोषणा
काठमाडौं – प्रेस चौतारी नेपालको पुनर्गठन गरिएको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले आज जारी गरेको बिज्ञप्ती अनुसार गत ८ माघमा भएको राष्ट्रिय भेलाले दिएको म्याण्डेड अनुसार २४९ सदस्यीय केन्द्रीय कमिटीको पुनर्गठन गरिएको हो । उनका अनुसार केन्द्रीय कमिटीमा २७ जना पदाधिकारी कायम भएका छन् । बस्नेतको अध्यक्षतामा पुनर्गठन भएको केन्द्रीय कमिटीमा वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, महिला उपाध्यक्षमा टीका विष्ट, उपाध्यक्षहरूमा गणेश पाण्डे, लालबाबु शेख, लीलाराज भट्टराई, सविन प्रियासन चौधरी र वीरबहादुर गिरी छन् । प्रेस चौतारीको महासचिवमा राजेश राई र उपमहासचिवमा हिरामान लामा चयन भएका छन् ।त्यसैगरी सचिवमा शुरोजंग पाण्डे, रामकृष्ण शर्मा, भरत केसी, देविका घर्ती मगर र कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएका छन् ।