Connect with us
Kapilvast Forest

कपिलवस्तुबाट अधिकारी र विश्वकर्मा प्रेस चौतारीको केन्द्रिय सदस्यमा चयन

२०७८, २५ मंसिर शनिबारमा प्रकाशित

कपिलवस्तु -प्रेस चौतारी नेपालको पुनर्गठन गरिएको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले आज जारी गरेको बिज्ञप्ती अनुसार गत ८ माघमा भएको राष्ट्रिय भेलाले दिएको म्याण्डेड अनुसार २४९ सदस्यीय केन्द्रीय कमिटीको पुनर्गठन गरिएको हो ।

गणेश बस्नेत अध्यक्ष रहेको केन्द्रिय समितीमा विभिन्न जिल्लावाट केन्द्रिय सदस्यमा थप गरिएको छ भने पदाधिकारीमा समेत केहि फेरवदल गरिएको छ । जस अनुसार कपिलवस्तुवाट निशा विश्वकर्मा र हरि अधिकारीले केन्द्रिय सदस्यमा नयाँ जिम्मेवारी पाउनु भएको छ । यस अघि पार्वती पाण्डेमात्र केन्द्रीय सदस्य रहनु भएको थियो ।

यस्तै रुपन्देहीवाट यूवराज पाण्डे , दिनेश पाण्डे ,अमृत गिरी र नवराज कुवरले नयाँ जिम्मेवारी पाउनु भएको छ । यस अघि प्रदिप आचार्य खेम कुमारी पोखरेल र यमराना केन्द्रिय सदस्य रहनु भएको थियो । यस्तै अर्घाखाँचीवाट गणेश खनाल र हिमवहादुर लेकालीले नयाँ जिम्मेवारी पाउनु भएको छ । यसअघि शोभाखर पन्थी केन्द्रीय सदस्य रहनु भएको थियो । लुम्विनीवाट पदाधिकारीमा उपाध्यक्षमा सविन प्रियासन र सचिव भरत केसी रहदै आउनु भएको छ ।केन्द्रीय कमिटीमा २७ जना पदाधिकारी कायम भएका छन् । बस्नेतको अध्यक्षतामा पुनर्गठन भएको केन्द्रीय कमिटीमा वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, महिला उपाध्यक्षमा टीका विष्ट, उपाध्यक्षहरूमा गणेश पाण्डे, लालबाबु शेख, लीलाराज भट्टराई, सविन प्रियासन चौधरी र वीरबहादुर गिरी छन् । प्रेस चौतारीको महासचिवमा राजेश राई र उपमहासचिवमा हिरामान लामा चयन भएका छन् ।

त्यसैगरी सचिवमा शुरोजंग पाण्डे, रामकृष्ण शर्मा, भरत केसी, देविका घर्ती मगर र कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएका छन् ।

पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीतिर लागेका पदाधिकारी र सदस्यलाई हटाएर नयाँ सदस्य र पदाधिकारी थप गरिएको अध्यक्ष बस्नेतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu