Connect with us
Kapilvast Forest

कांग्रेस महाधिवेशन : ६० जनाले गरे उम्मेदवारी फिर्ता

२०७८, २६ मंसिर आईतवारमा प्रकाशित

 

काठमाडौं – नेपाली कांग्रेसको जारी महाधिवेशनमा ६० जनाले उम्मेदवारी फिर्ता लिएका छन्। मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आइतबार बिहान ११ बजेसम्म समय निर्धारण भएपनि डेढ घण्टा थप गरिएको थियो । उक्त समयभित्र ५८ जना केन्द्रीय सदस्य, एक जना सभापति र एक सहमहामन्त्रीले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ।

 

समितिका अनुसार सभापतिका उम्मेदवार युवराज न्यौपानेले फिर्ता लिएका हुन्। उनले शेखर कोइरालालाई समर्थन गरेका छन्। यसैगरी सहमन्त्री पदका उम्मेदवार सुरेन्द्रकुमार चौधरीले पनि उम्मेदवारी फिर्ता लिएका छन्। उनले शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिएका थिए।

१४ औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि र कल्याणकुमार गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ। संस्थापनइतर समूहले शनिबारसम्मै साझा उम्मेदवारको पहल गरे पनि सफल हुन नसकेपछि सिंह र डा. कोइरालाको छुट्टाछुट्टै उम्मेदवारी परेको हो।

अन्तिम नामावली नेपाली वर्णानुक्रमअनुसार केहि समयपछि प्रकाशित हुने समितिका समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। निर्वाचन समितिका अनुसार शनिबार उम्मेदवार मनोनयन दर्ताक्रम अनुसार प्रकाशित गरिएको थियो। कांग्रेसले उम्मेदवारको मनोनयन दर्ता भएसँगै आफ्ना नेताको पक्षमा मत माग्न कार्यकर्ता व्यस्त रहेका छन्। मतदान सोमबार बिहानबाट हुनेछ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu