Connect with us
Kapilvast Forest

मतदाताको विश्वास चुक्न दिन्नँ : गगन थापा

२०७८, १ पुष बिहीबारमा प्रकाशित

  काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले नागरिकलाई पार्टीप्रति भरोसा दिलाउनु आफ्नो पहिलो काम हुने बताउनुभएको छ ।पार्टी कार्यालय सानेपामा आज बिहीवार पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले नागरिकले पार्टी र नेताहरूलाई भरोसा नगरिरहेको अवस्थामा आफूले नागरिकको भरोसा बढाउने बताउनुभएको छ । उहाँले मतदाता सामु गरेका वाचाअनुसार काम गर्ने र एक दिन पनि कतै नचुक्ने तथा गलत काममा नलाग्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।

‘मैले कस्तो मान्छेलाई मत दिएर जिताएछु भनेर पछुतो मान्ने अवस्था आउन दिनेछैन, पूरै नैतिकताभित्र रहेर काम गर्नेछु’, थापाले भन्नुभयो ।उहाँले आफू कुनै समूहमा रहेर चुनाव लडे पनि अब सिङ्गो पार्टीको महामन्त्री भएकाले कुनै समूह, गुट नभनी काम गर्ने पनि बताउनुभयो । सबै मिलेर सभापतिलाई बल, तागत दिएर सही ठाउँमा पुर्‍याउने भन्दै महामन्त्री थापाले चुनावी प्रतिस्पर्धाका क्रममा कसैलाई अन्याय वा विवाद भएको भए सम्बन्धलाई फेरि सुमधुर बनाउन कोसिस गर्ने बताउनुभयो ।

मत धेरै पाउनु भनेको धेरै जिम्मेवारी वहन तयार हुनु भएको उल्लेख गर्दै थापाले पार्टी सञ्चालनमा व्यक्तिको वर्चस्व रहने चलनको अन्त्य गर्न पहल गर्ने पनि बताउनुभएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj