Connect with us
Kapilvast Forest

राप्रपा कपिलवस्तुद्वारा नव निर्बाचित केन्द्रिय सदस्य रायमाझी र मिश्रलाई सम्मान

२०७८, ५ पुष सोमबारमा प्रकाशित

कपिलवस्तु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तुले एकता महाधिवेशनबाट कपिलवस्तुबाट निर्बाचित केन्द्रिय सदस्य ध्रुब बहादुर रायमाझी र प्रमोद मिश्रलाई बधाईसहित सम्मान कार्यक्रम गरेको छ । पार्टीले तौलिहवामा एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित केन्द्रिय सदस्य रायमाझी र मिश्रलाई बधाईसहित सम्मान कार्यक्रम गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य रायमाझिले एकता महाधिवेशनले लोकतान्त्रिक प्रक्रियाबाट पार्टिमा पुस्तान्तरण भएको र ७० बर्षपछि जनजातिका छोरोले पार्टिको नेतृत्व लिएको बताउनुभयो । हिन्दुत्व, सबैधानिक राजसंस्था र संघियता खारेजी तथा भ्रष्टाचार गर्नु जस्ता मुल मुद्दालाई लिएर हिडेको अध्यक्ष प्रति महाधिवेशन पछि सबै क्षेत्रबाट सकारात्मक र युवाको पार्टि प्रति आकर्षण बढेको केन्द्रिय सदस्य रायमाझिले दाबी गर्नुभयो ।

यस्तै हिसाबले जिल्ला, नगरमा संगठन निमार्णमा लागे मुलुकको प्रमुख शक्तिको रुपमा पार्टि उदाउने र सदन र सडकबाट नै २०७९ सालभित्र हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापन गर्ने सक्ने उहाँको भनाई छ ।

उक्त भेलाबाट यहि पुस २७ पृथ्वी जन्यती मनाउन जिल्ला अध्यक्ष नारायण बहादुर सिंहको अध्यक्षतामा क्षेत्रीय प्रदेश, नगर र गाउँपालिका अध्यक्ष तथा जिल्ला समिति कार्यसमिति सहित १५१ सदस्य रहेको मुल समिति गठन गरि तौलिहवामा भब्यरुपमा मनाउने निर्णय गर्दै वडादेखि केन्द्रिय महाधिवेशनसम्म दिन रात खटिएका सम्पुर्ण पार्टी मित्र तथा पत्रकार लगायत सबैलाई धन्यवाद दिदै एकता महाधिवेशनबाट पारित हिन्दुत्व संवैधानिक राजसंस्था र भ्रष्टाचार विरुद्धको जनचेतना तथा जनजागरण अभियान १० वटै नगर र गाउँपालिकामा कोणसभा गर्ने निर्णय गरिएको छ ।

पार्टिको सकृय सदस्यतालाई व्यस्थित रुपमा अगाडि बढाउने, सम्पुर्ण निकाय कार्यसमितिको पार्टि कार्यालय खोल्न्ने, हालै महाधिवेशनबाट पारित हिन्दुत्व संबैधानिक राजसंस्था संघियता खारेजी तथा भ्रष्टाचार लगायत बिषयलाई लिएर नगरभित्र कोणसभा गर्ने समेत निर्णय भएको छ । यस्तै माघ महिना भित्र पार्टिका केन्द्रिय अध्यक्षको सहभागितामा आमसभा गर्ने तथा सबै नगर र गाउँपालिकामा घुम्ति बैठकका रुपमा संचालन गर्ने निर्णय भएको छ ।

कार्यक्रममा पार्टिका नेता राम बहादुर थारु, जिल्ला उपाध्यक्ष इद्रिस मुसलमान, चन्द्र भन्डारी, प्रदेश सदस्य दिपक रजौरियासहिद अहमद शाह, देवेन्द्र स्रीवास्त्व, मनोज सुक्ल, प्रमोद मिश्र, अमेरिका कुर्मि टुकनका उपाध्यक्ष राजेन्द्र अधिकार लगायतले नवनिर्वाचित केन्द्रिय सदस्य रायमाझी र मिश्रलाई शुभकामना तथा बधाई दिदैं आगामी कार्यक्रमको बारेमा धारणा राख्नुभएको थियो । कार्यक्रम पार्टीका जिल्ला अध्यक्ष नारायण बहादुर सिंहको अध्यक्षता र जिल्ला सचिव प्रेम शंकर सुक्लाको संचालनमा सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu