माओवादी केन्द्र बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री निर्वाचित
काठमाडौं-सरल सहयात्री नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिको अध्यक्षमा निर्वाचित हुनु भएको छ । सोमबार साँझ भएको निर्वाचनमा अर्का प्रत्यासी दिनानाथ गौतमलाई हराउँदै सहयात्री अध्यक्षमा विजयी हुनु भएको छ ।
निर्वाचन समितिका अनुसार कुल खसेको २ सय ६१ भोटमध्ये उहाँले १६२ मत ल्याएका थिए भने गौतमले ८६ मत पाउनु भएको थियो ।त्यस्तै उपाध्यक्षमा रूपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी निर्वाचित हुनु भएकाृे छ । सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ निर्वाचित हुनु भएको छ । उहााले १४९ मत ल्याउनु भयो ।
सहसचिवमा भने दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित हुनु भएको छ । कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित हनु भएको छ ।
प्रदेश समिति सदस्यले पदाधिकारी चुन्न मतदान गरेका थिए। नौ पदका लागि २७ जनाको उम्मेदवारी परेको निर्वाचन समिति सदस्य डिबी तामाङले जानकारी दिनु भयो ।
