Connect with us
Kapilvast Forest

भारतमा श्रमसम्बन्धी नयाँ नियम लागू हुँदै, हप्तामा चार दिनमात्र काम

२०७८, ६ पुष मंगलवारमा प्रकाशित

एजेन्सी-भारत सरकारले नयाँ नियम लागू गर्ने भएको छ। आगामी आर्थिक वर्षदेखि सुरु हुनेगरी सरकारले नयाँ श्रम संहिता लागू गर्ने भएको हो। आर्थिक वर्ष सन् २०२२-२३ देखि लागू हुनेगरी सरकारले श्रम संहिता परिमार्जन गर्ने र चारवटा नयाँ श्रम संहिता लागू गर्ने योजना बनाएको भारतीय मिडियामा खबर छ।

 

नयाँ संहिताअनुसार श्रमहरुले हप्तामा चार दिनमात्र काम गर्नुपर्ने, तलब भत्ता हप्ता या दैनिकरुपमा बुझ्न पाइने, श्रमअनुसार ज्याला परिमार्जन हुने वरिष्ठ अधिकारीहरुले भारतीय मिडियासँग बताएका छन्।

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारअनुसार भारत सरकारले नयाँ श्रम संहिता लागू गरेमा आगामी वर्षदेखि कर्मचारीहरुले हप्तामा ४ दिनमात्र काम गर्नुपर्ने छ। कर्मचारीहरुले ४ दिनमा दैनिक १२ घण्टा अर्थात् हप्तामा ४८ घण्टा काम गर्नुपर्ने छ। कर्मचारीको कामअनुसार ५० प्रतिशत तलब र ५० प्रतिशत भत्तामा जोडिनसक्ने विज्ञहरुले बताएका छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu