Connect with us
Kapilvast Forest

डिमाण्ड शुल्कका कारण विद्युतीय बस सञ्चालनमा समस्या

२०७८, ७ पुष बुधबारमा प्रकाशित

 

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले विद्युतीय बस चार्ज गर्न प्रयोग गरिएको चार्जिङ स्टेशनमा महँगो डिमाण्ड शुल्क असुल्ने गरेपछि विद्युतीय बस सञ्चालन हुन सकेको छैन । प्राधिकरणले चार्जिङ स्टेशन निर्माण गरेपछि पोइन्ट सात हजार ४११ रुपियाँ शुल्क असुल्न थालेपछि घाटा हुने भन्दै बस सञ्चालन गर्न नसकेको सुन्दर यातायातले जनाएको छ ।

दुई वर्ष यतादेखि सात वटा विद्युतीय बस सञ्चालन गर्दै आएको सुन्दर यातायातले थप यसै साता २० वटा थप गरी सञ्चालन गर्न तयारी गरे पनि प्राधिकरणको अवरोधका कारण बस सञ्चालनमा समस्या भएको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताउनुभयो । चार्जिङ स्टेशन बनाउन ढिलाई गरेपछि सुन्दरले नेपालमै पहिलो पटक धुम्बाराहीमा स्टेशन निर्माण गरी बस चार्ज गरेर सञ्चालन गर्दै आएको थापाले बताउनुभयो । तर प्राधिकरणले चार्ज बापत प्रतियुनिट ६ देखि ८ रुपियाँसम्म शुल्क लिएर पनि थप डिमान्ड शुल्क भन्दै रकम असुल्ने गरेको उहाँको दुःखेसो छ ।

सरकारले विद्युतीय बस प्रयोगको विकास गर्ने भने पनि हालसम्म चार्जिङ स्टेशन र थप सहुलियत दिन नसकेको उहाँको आरोप छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने विद्युत खपत बृद्धि गर्ने लक्ष्य प्राधिकरणको भएका कारण डिमान्ड शुल्क मिनाहा गर्न मन्त्रालयमा प्रस्ताव लाने तयारी गरेको बताउनुभयो ।

पुस २ गतेदेखि बस सञ्चालनमा ल्याउने तयारी गरे पनि विद्युत प्राधिकरणको महँगो शुल्कका कारण बस सञ्चालन हुन नसकेको उहाँले बताउनुभयो । हामी डिमाण्ड शुल्क हटाए भोलिदेखि उपत्यकामा सस्तो दरमा गाडी सञ्चालन गर्ने छौँ, उहाँले भन्नुभयो । हाल सुन्दरले धुम्बाराही स्टेशनमा तीन वटा पोइन्टबाट चार्ज गर्ने गरेको छ ।

सुन्दरले तत्काल २२ वटा बस काठमाडौंमा र चार बस लुम्विनी प्रदेशमा सञ्चालन गर्ने, बाँकी दुई वटा मौज्दात राख्ने जनाएको छ । हाल काठमाडौंको चक्रपथ र काठमाडौं–सिन्धुलीमा दुई वटा सञ्चालनमा छ भने धुलिखेलसम्म बस सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu