Connect with us
Kapilvast Forest

बिजुली महसुल नतिरेपछि भरतपुरमा क्रिकेट रंगशालाको लाइन काटियो

२०७८, ७ पुष बुधबारमा प्रकाशित

विद्युत् मर्मतका लागि पोल चढेका इलेक्ट्रिसियनको खसेर मृत्यु

 

चितवन-लामो समयदेखि विजुलीको बिल नतिरेपछि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले धुर्मुस सुन्तली फाउन्डेसन र माउन्ट एभरेष्ट ब्रुअरीको लाइन काटिदिएको छ ।

भरतपुर महानगरपालिका(१६ मा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि धुर्मस सुन्तली फाउण्डेशनले लिएको विद्युतको बक्यौता रकम नतिरेकोले लाइन कटिदिएको प्राधिकरणका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिनु भयो । इन्जिनियर पौडेलका अनुसार फाउण्डेशनले आठ लाख ८७ हजार रुपैयाँ बक्यौता प्राधिकरणलाई तिर्न बाँकी छ ।

 

त्यस्तै मदिरा उत्पादक कम्पनी माउन्ट एभरेस्ट ब्रुअरीले ३७ लाख ४१ हजार ३ सय १७ रुपैयाँ तिर्न बाँकी छ । बुधबार मात्र १२ वटा फर्म तथा संघसंस्थाको विद्युत लाइन काटिएको इन्जिनियर पौडेलले बताउनु भयो ।

विद्युत लाइन काट्न पुगेका प्राधिकरणका कर्मचारीहरुलाई माउन्ट एभरेस्ट ब्रुअरी उद्योग परिसरमा प्रवेश गर्न नदिई तीन जना चौकीदार लगाएर लखेट्ने प्रयास गरिएको इन्जिनियर पौडेलले बताउनु भयो ।उद्योगभित्र पसेर लाइन काट्न नदिएपछि उद्योगको कम्पाउण्डबाहिर नै जम्पर खोलेर लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu