Connect with us
Kapilvast Forest

शिवराजमा एक दिवसीय ध्यान शिविर सम्पन्न, ५५ जना बढिले सेवा लिए

२०७८, ८ पुष बिहीबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-कपिलवस्तुको शिवराज नगरपालिकाको वडा न ३ मा एक दिवसीय तनाव व्यवस्थापन सम्बन्धी योग शिविर सम्पन्न भएको छ ।
कपिलवस्तुको शिवराज–३ खरेन्द्रपुरमा रहेको स्वर्गद्वारी आश्रममा बिहिवार एक दिवसीय ध्यान शिविर सम्पन्न भएको हो ।

रोट्ट्रयाक्ट क्लब अफ कपिलवस्तुको आयोजनामा स्वास्थ्य प्रवर्धनका लागि एक दिवसीय योग (ध्यान )शिविरमा ओसो तपोवन वाणगंगा आश्रमका स्वामी ध्यान गगनले प्रशिक्षण दिनुभएको थियो ।
नसर्ने रोगहरु प्रकोप बढ्दै गएको अवस्थामा आर्युवेदिक जिवनशैलि तथा योगको माध्यामबाट त्यस्ता रोगहरुको न्युनिकरण गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको ध्यान शिविर कार्यक्रम गरिएको संयोजक दिपक बेल्बासेले जानकारी दिनु भयो । हरेक दिन योग गर्नु अनिवार्य भएको भन्दै उहाँले जिवन शैलि स्वच्छ र स्वस्थ्य राख्न हरेक योग अभ्यास महत्वपूर्ण रहेको बताउनुभयो ।

खरेन्द्रपुरमा रहेको स्वर्गद्वारी आश्रममा बिहान ६ बजेदेखि ९ बजेसम्म विभिन्न योगका क्रियाकलापहरु सिकाइएको शिविरमा ५५ जना वढिको सेवा लिएको रोट्ट्रयाक्ट क्लब अफ कपिलवस्तुका अध्यक्ष शिशिर (होतराज) पोख्रेलले जानकारी दिनुभयो ।
आज शिवराजमा पहिलो पटक गरेको ध्यान शिविरमा सकारात्मक प्रतिकृया आएको भनदै आगामी दिनमा अझै व्यवस्थि गर्दै रुपमा ध्यान शिविरको आयोजना गर्ने सञ्चालन गर्ने अध्यक्ष पोख्रेलले बताउनु भयो ।

सो अवसरमा प्रदेश सांसद अर्जुन कुमार केसीले अहिलेको व्यस्त जीवनमा आफू स्वस्थ्य रहन (ध्यान )योग अपरिहार्य रहेको बताउनु भयो । योग –ध्यान ) शिविर शिवराजका जनजनमा पुर्याउन सहयोग गर्ने रोट्ट्रयाक्ट क्लब अफ कपिलवस्तुलाई धन्यवाद ज्ञापन गर्नु भयो । सन्तुलित भोजन र सकारात्मक सोंच ,योग, र ध्यान मान जिवनमा उत्प्रेरणा जगाउने भएकाले हरेक दिन योग गर्नु अनिवार्य भएको भन्दै उहाँले जिवन शैलि स्वच्छ र स्वस्थ्य राख्न हरेक योग अभ्यास महत्वपूर्ण रहेको बताउनुभयो ।

शिवराज नगरपालिकामा पहिलो पटक भएको मेडिटेशन कार्यक्रमको सञ्चालन रोट्ट्रयाक्ट क्लबका भ्वाइस प्रेसिडेन्ट गोपाल बन्जाडले संचालन गर्नु भएको कार्यक्रममा चेम्वर अफ कमर्शका अध्यक्ष महादेव पोख्रेल, अरनिको वचत तथा रिण सहकारीका अध्यक्ष दमन भाट क्षेत्रि (नारायण) विभिन्न संघ संस्थाका प्रतिनिधि, रोट्ट्रयाक्ट क्लबका पदाधिकारी ,आश्रमका बटुकलगायतको सहभागितामा सम्पन्न भएको आयोजकले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu