Connect with us
Kapilvast Forest

प्रदेश नम्बर २ को नामका लागि प्रदेश सभामा ४ ओटा नाम प्रस्ताव

२०७८, ८ पुष बिहीबारमा प्रकाशित

जनकपुरधामप्रदेश नम्बर २ को नामका लागि प्रदेश सभामा नाम प्रस्ताव गरिएको छ । आज बसेको प्रदेश नम्बर २ को प्रदेश सभा बैठकमा प्रदेश २ को नाम मधेस प्रदेश, जानकी प्रदेश, मिथिला भोजपुरा र मध्यमधेस प्रदेश प्रस्ताव गरिएको छ ।

८ औं अधिवेशनको दोस्रो बैठकमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले प्रदेशको नाम मधेस प्रदेश राख्न प्रस्ताव गरेका हुन् ।नेकपा (एस)ले प्रदेशको नाम जानकी र नेपाली काँग्रेसले मिथिला भोजपुरा राख्न प्रस्ताव गरेका छन् ।

जनता समाजवादी पार्टी(जसपा) संसदीय दलका सचेतक शैलेन्द्रकुमार यादवले प्रस्ताव गर्नुभएको मधेस प्रदेश नामलाई लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सांसद रानी शर्माले समर्थन गर्नुभयो ।प्रदेश सभामा यसअघि प्रस्ताव गरिएको मधेस प्रदेशको प्रस्तावमा समर्थन गर्न कठिनाइ भएको बताउँदै माओवादी केन्द्र अब सत्ता पक्षसँगै मिलेर मधेस प्रदेश प्रस्तावमा अगाडी बढ्ने पक्षमा देखिएको छ ।

नेकपा (एस)को तर्फबाट कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले प्रदेशको नाम जानकी प्रदेश नाम प्रस्ताव गर्नुभयो । जानकी प्रदेश नामलाई नेकपा(एस)का प्रदेश सांसद डिल्ली उप्रेती र नागेन्द्र रायले समर्थन गरेका छन् । नेपाली काँग्रेसका प्रदेश सांसद शिवचन्द्र चौधरीले प्रदेशको नाम मिथिला भोजपुरा प्रदेश नाम प्रस्ताव गर्नुभयो ।

सांसद चौधरीले प्रस्ताव गरेको मिथिला भोजपुरा प्रस्तावलाई नेपाली कांग्रेसकी सांसद मञ्जु यादवले समर्थन गर्नुभयो । राजनीतिक दलहरूले प्रदेशको राजधानी जनकपुरधाम राख्न यस अघिकै अधिवेशनमा प्रस्ताव गरेका थिए । प्रदेशको नाममा सहमति नहुँदा राजधानीमा एक मत भएपनि प्रस्ताव पारित हुन सकेको छैन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu