Connect with us
Kapilvast Forest

तौलिहवामा गुणस्तरीय शिक्षाको लागि रेन्वो लर्निङ्ग सेन्टर संचालनमा

२०७८, १८ पुष आईतवारमा प्रकाशित

अंशु ढकाल,कपिलवस्तु –तौलिहवामा रहेको रेन्वो लर्निङ्ग सेन्टरको एक कार्यक्रमकाबीच शुक्रबार उद्घाटन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख थानेश्वर घिमिरेले उक्त सेन्टरको उद्घाटन गर्नु भएको हो। उद्घाटन पछि शुभकामना मन्तव्य दिदै प्रमुख घिमिरेले कपिलवस्तु क्षेत्रमा लोक सेवा आयोग, शिक्षा सेवा आयोग लगायतका विभिन्न आयोग सहित प्राविधिक ज्ञानमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नु भएको छ।

त्यस्तै सेवा आयोगका प्रत्येक खण्डका विषय विज्ञबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने रेन्वो लर्निङ्ग सेन्टरका निर्देशक विजय चौधरीले बताउनु भएको छ। धेरै भन्दा धेरैलाई उर्तीण गराउने लक्ष्यका साथ तौलिहवा क्षेत्रमा लर्निङ्ग सेन्टरलाई संचालनमा ल्याएको निर्देशक चौधरीको भनाई छ। बुटवल तथा काठमाण्डौंका प्रशिक्षकबाट पनि भर्चुअल कक्षा संचालन हुने गरी व्यवस्था मिलाईएको चौधरीले बताउनु भयो।

उक्त लर्निङ्ग सेन्टरमा लोक सेवा आयोग, शिक्षक सेवा आयोग, नागरिक उड्डयन तथा विद्युत प्राधिकरण, बैंक, प्रहरी, सहित कोरियन, जापानीज र अङ्ग्रेजी भाषाका तयारी कक्षाका संचालन दक्ष तथा अनुभवी शिक्षकहरुबाट हुने सेन्टरले जनाएको छ। त्यस्तै कक्षा ८ देखि विविएसरविएड सम्मका ट्युसन कक्षा पनि संचालन हुने छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu