Connect with us
Kapilvast Forest

बारामा अवैध नागरिता छानविनका लागि उजुरी पर्ने क्रम बढ्दो

२०७८, १८ पुष आईतवारमा प्रकाशित

बारा- नेपाली नागरिकता लिएका भारतीयहरुको हैकम बढ्न थालेपछि बाराका स्थानीयले भारतीय नागरिकको नेपाली नागरिकता रद्द गर्न माग गर्दै जिल्ला प्रशासनमा उजुरी दिन थालेका छन् ।

२०६३ सालमा नागरिकता बाँड्ने क्रममा आफूहरुकै सिफारिसमा नागरिकता लिएका भारतीयहरुको अनावश्यक प्रभाव बढ्न थालेपछि उनीहरुले नागरिकता छानविनका लागि उजुरी दिन थालेका हुन ।

नेपाली नागरिकता लिएका सीमावर्ती क्षेत्रका भारतीयहरुले लेनदेन र जग्गा जमिनमा विवाद झिक्न थालेपछि रैथाने नेपालीहरुले उजुरी दिने क्रम बढेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । नागरिकताका लागि सिफारिस गर्नेहरुबाटै उजुरी परेपछि छानबिनको प्रक्रिया अघि बढाएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुबालले बताउनुभएको छ ।

२०६२र०६३ सालको जनआन्दोलन तराईका जिल्लाहरुमा नागरिकता वितरण गर्दा अधिकांश भारतीयले नागरिकता लिएको भन्दै अहिले प्रदेश २ का जिल्ला प्रशासन कार्यालयहरुमा उजुरी दिन प्रतिदिन बढ्दै गईरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu