Connect with us
Kapilvast Forest

अनेरास्ववियू लुम्बिनी प्रदेश बैठकः माघ मसान्त भित्र सबै कमिटीले पूर्णता पाउने

२०७८, १८ पुष आईतवारमा प्रकाशित

कपिलवस्तु– नेकपा (एस) निकटको अनेरास्ववियू लुम्बिनी प्रदेश कमिटीको प्रथम पूर्ण बैठक महत्वपूर्ण निर्णय गरि सम्पन्न भएको छ । कपिलवस्तुको जितपुरमा शनिबार सम्पन्न बैठकले आगामी माघ मसान्त भित्र सम्मेलन नभएका क्याम्पस, पालिका र जिल्ला कमिटीका सम्मेलन तथा भेला गरिसक्ने निर्णय गरेको छ ।
यस्तै आगामी फाल्गुण १३ र १४ गते दाङमा प्रशिक्षक–प्रशिक्षण कार्यक्रम राख्ने, सदस्यता वितरणलाई माघ महिना भित्र सक्ने, नयाँ बर्षको अवसर पारेर अनेरास्ववियू लुम्बिनी नामको स्मारिका निकाल्ने लगायत बैठकले निर्णय गरेको अनेरास्ववियूका प्रदेश सचिव दिपक अनुरागीले जानकारी दिनुभयो ।
यस्तै बैठकले प्रदेशको सह सचिवमा भगवती यादव (नवलपरासी)लाई मनोनित गरेको छ भने भीम ओली (रोल्पा)लाई प्रदेश कमिटी सदस्यमा मनोनित गरेको प्रदेश सचिव अनुरागीले जानकारी दिनुभयो ।
बैठकले प्रदेश पदाधिकारीसहित १७ सदस्यिय सचिवालय गठन गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज माधव पन्तले अनेरास्ववियूको विगत जोडिएको संगठन आफुहरुको भएको दाबी गर्नुभयो । केपी ओलीको प्रतिगमन विरुद्ध अनेरास्ववियू सडकमा उत्रिएको स्मरण गर्दै गलत जसले गरेपनि गलतका विरुद्ध लाग्ने संगठन अनेरास्ववियू भएको बताउनुभयो । लुम्बिनीमा अनेरास्ववियूको इतिहास गर्विलो भएको भन्दै कमिटीले गरेका निर्णय अक्षरक्ष कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
देशभर लुम्बिनीमा प्रथम अधिवेशन सम्पन्न गरेर अनेरास्ववियू लुम्बिनीले इतिहास रचेको भन्दै अब संगठनलाई बलियो र स्थापित बनाई अर्को इतिहास रच्नेमा विश्वास व्यक्त गर्नुभयो ।
बैठकलाई सम्बोधन गर्र्दै नेकपा (एस) का केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज क्षेत्र बहादुर खत्रीले एकीकृत समाजवादीको भविष्य राम्रो भएको बताउनुभयो । पार्टीमा युवा पुस्ताको आकर्षण बढेको भन्दै कम्युनिष्ट आन्दोलनको मूल प्रवाह एकीकृत समाजवादी नै भएको बताउनुभयो । विश्वविद्यालय र विद्यालय तहमा व्यथिति बढिरहेको सन्दर्भमा अनेरास्ववियूको सशक्त भूमिकाको खाँचो रहेको पनि उहाँले औल्याउनुभयो ।
प्रदेश कमिटी अध्यक्ष टेकेन्द्र मल्लको अध्यक्षता रहेको बैठकमा अनेरास्ववियूका केन्द्रीय सचिव नारायण शर्मा, सुशील पौडेल, एकीकृत समाजवादीका कपिलवस्तु नेता कमल भट्टराई, अनेरास्ववियूका स्थायी कमिटी सदस्य किरण मगर, टिकाराम भण्डारी, सचिवालय सदस्य दान बहादुर बुढा लगायतको आतिथ्यता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu