Connect with us
Kapilvast Forest

कोलोराडो सहरमा डढेलोबाट करिब १ हजार घर जले, ३० हजार मानिस विस्थापित

२०७८, १८ पुष आईतवारमा प्रकाशित

एजेन्सी-अमेरिकी राज्य कोलोराडोनजिकैको वनमा लागेको भीषण डढेलोबाट कम्तीमा ५ सयभन्दा बढी घरहरु जलेर खरानी भएका छन् । बिहीबार लागेको डढेलो अनियन्त्रित बन्दा कोलोराडोको डेन्भर महानगरपालिका क्षेत्रका दुईवटा सहरमा करिब १ हजारभन्दा बढी घर जलेर खरानी भएका हुन् ।

 

डढेलोबाट शनिबारसम्म ३ जना मानिसले ज्यान गुमाएका छन् भने अन्य केही मानिस मानिस घाइते भएको जनाइएको छ। अधिकारीहरुले शनिबार बताएअनुसार सुपेरियर र लुइसभिल्ला सहरका १ हजारभन्दा बढी घरहरु जलेर नष्ट भएका हुन् ।

डढेलोले दुई घण्टामा मात्र २४ सय हेक्टर क्षेत्रफल विनाश गरेको छ । विनाशकारी डढेलो निभेपछि सो क्षेत्रमा २० सेन्टिमिटरसम्म हिउँ परेको समेत शनिबार अधिकारीहरुले बताएका छन् ।

लामो समयसँगैको खडेरी र सुख्खा मौसमका कारण बिहीबार बिहानैदेखि सो क्षेत्रमा डढेलो लागेको थियो । प्रतिघण्टा १६९ किलोमिटरको वेगमा चलेको हावाले सो डढेलो तीब्ररुपमा फैलिएको थियो ।

डढेलोपछि सो क्षेत्रमा बसोबास गर्दै आएका करिब ३४ हजार मानिस घर छोड्न बाध्य भएका थिए । तीब्ररुपमा फैलिएको डढेलाले वल्ड टाउन र सुपेरियर क्षेत्रमा सबैभन्दा बढि क्षति पुगेको त्यहाँको महानगरपालिकाले जनाएको छ ।

हालैको डढेलो कोलोराडो इतिहासकै विनाशकारी भएको अधिकारीहरुले बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोलोराडोको सो अवस्थालाई विपत्तिजनक भएको घोषणा गरेका छन् ।

विज्ञहरुले जलवायु संकटका कारण सहरी क्षेत्रमा समेत डढेलो फैलिएको चेतावनी दिएका छन् । पछिल्ला वर्षहरुमा जलवायु परिवर्तनका कारण कोलोराडो क्षेत्रले चरम सुख्खा र खडेरीको सामना गरिरहेको छ ।

जसका कारण सो क्षेत्रमा आगलागी र डढेलोका घटना बढ्दै गएका छन् । अघिल्ला वर्षहरुको तुलनामा पछिल्ला वर्षहरुमा वनजंगलमा लाग्ने डढेलोले झनै विनाशकारी रुप लिने गरेको बताइएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu