Connect with us
Kapilvast Forest

पाल्पा बस दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो

२०७८, १८ पुष आईतवारमा प्रकाशित

 

बुटवल -पाल्पामा भएको बस दुर्घटनामा ज्यान गुमाउने संख्या ७पुगेको छ। पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थले मृतकको संख्या ७ पुगेको जानकारी दिएका छन्। उनका अनुसार मृतकको पहिचान भने खुलेको छैन ।

 

दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन्। उनीहरुको तानसेनमा उपचार भइरहेको छ। बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पा रिब्दिकोट २ लघुवामा आइतबार बिहान दुर्घटना भएको थियो। लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

बसमा ३५ जना मलामी रहेको प्रहरीले जनाएको छ। अहिले उद्धार कार्य जारी रहेको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu