Connect with us
Kapilvast Forest

सिटिजन लाइफइन्स्युरेन्स बिजुवार शाखाद्धारा मृत्यु दावी भुक्तानी

२०७८, १८ पुष आईतवारमा प्रकाशित

प्युठान -सिटिजन लाईफ इन्स्युरेन्स बिजुवार शाखाले सिटिजन सुरक्षा बिमा अन्तर्गत मृत्यु दावी भुक्तानी बापत रु ३१०,०००/- भुक्तानी गरेको छ। फुलबारी बचत तथा ऋण सहकारी संस्था र सिटिजन लाइफ इन्स्युरेन्स कम्पनी बिजुवार शाखाको सम्झौता अनुसार प्युठान नगरपालिका वडा नम्बर- 1, खैरा बस्ने मिना बस्नेतको २०७७ माघ १९ गतेका दिन बिमाशुल्क जम्मा रु १६२०/- भुक्तानी गरि रु ३००,०००/- को ऋणको बिमा भएको सहकारीका अध्यक्ष भिम बहादुर बस्नेत ज्युले बताउनु भयो।

सहकारीका अध्यक्ष भिम बहादुर बस्नेतको उपस्थितिमा यसरी सहकारीबाट ऋण लिदा ऋणीको कुनै पनि कारणले मृत्यु हुदा वा ऋणी पूर्ण अशक्त अपाङ्ग हुदा ऋणको सम्पूर्ण जिम्मेवारी सिटिजन लाइफले लिने यस सुरक्षा बिमा योजना बारे जितपुर एरियाका क्षेत्रीय शाखा प्रबन्धक श्री लक्ष्मण मरासिनीले बताउनु भयो।

सहकारीले राम्रो सहकार्य सिटिजन लाइफ इन्स्युरेन्स कम्पनि संग गरेकोमा सहकारीका सदस्यहरुले खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा सिटिजन लाइफ इन्स्युरेन्स बिजुवार शाखा प्रबन्धक , सहकारीका व्यवस्थापक , सिटिजन लाईफका अभिकर्ताहरु र सिटिजन लाइफका क्षेत्रिय शाखा प्रबन्धक श्री लक्ष्मण मरासिनी ज्युको हात बाट बिमित मिना बस्नेतको हकवाला हर्क बहादुर बस्नेतलाई चेक हस्तान्तरण भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu