Connect with us
Kapilvast Forest

पाँच जनाविरुद्ध राजस्व छलीमा पनि साढे दुई अर्बको मुद्दा

२०७८, २० पुष मंगलवारमा प्रकाशित

 काठमाडौं- ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपित शोभाकान्त ढकाल राजस्व छलिको मुद्दामा पनि तानिएका छन्। राजस्व अनुसन्धान विभागले ढकालसहित उनकी पत्नी उमाकुमारी ढकाल र पारिवारिक सदस्य सरोज ढकालविरुद्ध उच्च अदालत पाटनमा राजस्व चुहावटसम्बन्धी मुद्दा दाय गरेको छ।

 राजस्व अनुसन्धान विभागले शोभाकान्त, उमाकुमारी र सरोजसहित आनसान इन्टरनेशनल प्रालीका सान्टु श्रेष्ठ र लेखा परीक्षण गर्ने संस्था राजेश्वर एण्ड कम्पनीका प्रोपाइटर राजेश्वर श्रेष्ठविरुद्ध राजस्व अनुसन्धान विभागले बिगो र जरिवाना गरी २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६ सय ४८ रुपैयाँ तथा कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको हो।

‘उक्त फर्मले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विवरण, बित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी कारोबार नै नभएको देखाई अर्थात कारोबार शून्य देखाई प्रचलित आयकर ऐन तथा मुल्य अभिबृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको,’ विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu