वडाअध्यक्ष अहिरले भने “एमालेमा प्रवेश गरेको छैन, जसपा मै छु “
न्युज सेन्टर नेपाल- कपिलवस्तु शिवराज नगरपालिका वडा न ८ का अध्यक्ष शंकर अहिर एमालेमा प्रवेश नगरेको बताउनु भएको छ ।
गत निर्वाचनमा जनता समाजवादि पार्टी नेपाल (तत्कालिन संघिय समाजवादि पार्टी फोरम) बाट निर्वाचन जित्नु भएका वडा अध्यक्ष समेत रहनु भएका अहिरले एक प्रेस विज्ञप्ति मार्फत जारी गर्दै जसपा नेपाल मै रहेको बताउनुभयो ।
नेकपा एमाले कपिलवस्तुको आयोजनामा पौस ६ जिल्लाको बहादुरगंजमा भएको बृहत आमसभाबाट एमालेमा प्रवेश गरेको भन्दै पटक पटक आफनो नाम उद्घोष गरेको भन्दै ध्यान आर्कषण भएको जनाउनु भएको छ ।
एमालेमा प्रवेश गरेको भन्दै भ्रम नर्छन आग्रह गर्दै आफु जनता समाजवादि पार्टी नेपालमै रहेको जानकारी गराउनु भएको छ ।प्रेस विज्ञप्ति 