एमाले जिल्ला सदस्यमा उमेदवारी दिने केसीको घोषणा
कपिलवस्तु-युवा संघ कपिलवस्तु पुर्व अध्यक्ष एवम युवा नेता गणेश के सी ले नेकपा एमालेको जिल्ला सदस्यको लागि उम्मेदवारी घोषणा गर्नु भएको छ ।
कपिलवस्तुको शिवराजमा रहेर राजनिति सगैं सामाजिक कार्यमा सकृय भुमिका खेल्ने केसि पाटीका नेता तर्थी कार्यकर्ताले मात्रै नभएर अन्य पार्टीका कार्यकर्ताको समेत साथ र समर्थन पाउनुहुन्छ ।
उहाँले एमालेको भातृ संगठन युवा संघ कपिलवस्तुको पुर्व अध्यक्ष समेत रहनु भएका केसि ले पार्टीको आसन्न अवौं अधिवेशनमा जिल्ला सदस्यमा आफनो उम्मेदवारी रहने बताउनु भएको छ ।
त्याग र निष्ठाका पर्याय रुपमा रहनु भएका शिवराजका युवा नेता केसिले समुदायको हक हितका लागि आफ्नो उर्जावान समय समर्पण गर्दे आउनु भएको छ । उहाँले नेता र शुभेच्छुकहरूसँगको परामर्शमा सदस्य पदमा उम्मेदवारी दिन लागेको उहाँले बताउनु भएको छ ।केसि युवाहरूका बीच लोकप्रिय मानिनुहन्छ ।