प्रधानमन्त्री देउवा पुस २६ गते भारत भ्रमणमा जाने
काठमाडौँ-प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा पुस २६ गते भारत भ्रमणमा जानुहुने भएको छ ।देउवाले २६ गते भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री सचिवालयका अनुसार उहाँले सोही दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग गान्धीनगरमा औपचारिक भेटवार्ता गर्नुहुने छ । यसका साथै देउवाले सबै भेटघाट कार्यक्रम गान्धीनगरमै गर्नुहुने छ ।